‘जारी’सँग भिड्न नसकेपछि हलबाट उतारिएको ‘बुलाकी’ फेरि प्रदर्शन हुँदै
काठमाडौं : साउन ३२ देखि पुनः प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ले सोमबार बानेश्वरस्थित आइप्लेक्स मलमा ट्रेलर सार्वजनिक गरेको छ।
लक्ष्मण सुनारले निर्देशन गरेको यो फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन्। फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट मुख्य भूमिकामा छन्।
अर्जुन जिसीको सम्पादन र शिव ढकालले छायांकन गरेको फिल्म गत वर्ष प्रदर्शन भएको थियो। अन्य दुई फिल्म ’जारी’ र ‘बिहे पास’ सँग एकसाथ प्रदर्शनमा आएको थियो। पर्याप्त शो नपाएको भन्दै रिलिजको दोस्रो दिनमै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो।
त्यस वर्षकै सबैभन्दा बढी ग्रस कलेक्सन गरेको फिल्म 'जारी'सँग प्रतिस्पर्धा गर्नबाट पछि हटेको यो फिल्म फेरि प्रदर्शनमा आउन लागेको हो।
फिल्ममा सरस्वती खत्री, प्रकाश कँडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदिप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, सोनु सेढाईलगायत कलाकारहरू पनि रहेका छन्
साउन २१, २०८१ सोमबार २१:०९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।