बंगलादेशबाट भागेर भारत पुगेकी हसिनाले अब के गर्लिन् !

बंगलादेशबाट भागेर भारत पुगेकी हसिनाले अब के गर्लिन् !

एजेन्सी : बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर देशबाट भागेकी शेख हसिना अहिले भारतमा छिन्।  
 
उनी सोमबार अपराह्न नेपाली समय अनुसार ५ः५१ बजे गाजियाबादको हिन्डन एयरबेसमा झरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सी–१३० विमानबाट भारत पुगेकी हसिनाको साथमा उनकी बहिनी रेहाना पनि छन्। 

हसिना सैन्य विमानबाट बंगाल हुँदै दिल्ली पुगेकी थिइन्। त्यहाँ उनलाई वायुसेनाका अधिकारीहरूले उनलाई स्वागत गरेका थिए।

देशमा सुरक्षा खतरा बढ्दै गएपछि सुरक्षित स्थान खोज्दै भारत पुगेकी उनी त्यहाँ कतिन्जेल बस्छिन् भन्ने टुंगो छैन। त्यसैले पनि त्यहाँबाट उनी भारतबाट लन्डन जाने सम्भावना रहेको इन्डिया टुडेले जनाएको छ।

हसिनाको राजनीतिमा भने अब पूर्णविराम लागेको छ। 

सोमबार बिबिसी वर्ल्ड सर्भिससँग कुराकानी गर्दै हसिनाका छोरा सजीब वाजेदले आफ्नी आमाको राजनीतिक पुनरागमन नहुने बताए।

अल्पसंख्यक समुदायलाई लक्षित गरी काम गरेको भए पनि हसिनाविरूद्ध नै प्रदर्शन भएको देखेर उनी निकै निराश रहेको वाजेदको तर्क छ। 

वाजेद हसिनाका आधिकारिक सल्लाहकार समेत थिए। 

सम्बन्धित समाचार :

साउन २०, २०८१ सोमबार २०:४३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।