उबरमा १ लाख बीवाईडी कार सामेल हुने

उबरमा १ लाख बीवाईडी कार सामेल हुने

काठमाडौं : राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ। यूरोप र ल्याटिन अमेरिकाबाट सुरू हुने सेवामा कार सामेल गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो।

उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुबिध दिनसमेत यी दुई कम्पनीबीच सम्झौता भएको छ। 

दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको बताइएको छ। 

उबर प्लेटफर्मका लागी उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उबरले जनाएको छ। 

क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ।

साउन २१, २०८१ सोमबार १९:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।