कर्णालीका मुख्यमन्त्री कँडेलले तीन महिनामा दोस्रोपटक पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले तीन महिनामा दोस्रोपटक पाए विश्वासको मत

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रोपटक विश्वासको मत पाएका छन्।

सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेस र एमालेका २३ जना सांसदहरूले विश्वासको मत दिए। कँडेलको विपक्षमा माओवादीका १३ र एकीकृत समाजवादीका एक गरी १४ जनाले विपक्षमा मतदान गरे।

४० सदस्यीय प्रदेश सभामा ३८ जना सांसदहरू सहभागी थिए। 

राप्रपाकी सांसद सन्तोषी शाही बैठकमा उपस्थित भइनन् भने कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन्। 

सरकार बनाउनका लागि कम्तीमा २१ सिट आवश्यक पर्छ।

चैत्र २७ मा मुख्यमन्त्री नियुक्त भएका कँडेलले वैशाख १३ गते पहिलोपटक विश्वासको मत पाएका थिए।

साउन २१, २०८१ सोमबार १९:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।