सभापति देउवाले तोके ३७ विभागका प्रमुखहरू (सूचीसहित)

सभापति देउवाले तोके ३७ विभागका प्रमुखहरू (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन्। सोमबार सभापति देउवाले विधानको धारा ३७ (१)बमोजिम ३७ वटा विभागका प्रमुखहरू मनोनयन गरे।

यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको पार्टीका ३७ वटा विभाग गठनको प्रस्ताव सभापति देउवाले रोकेका थिए।

कांग्रेसको विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्छ तर, दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएका छन्। 

सोमबार थप ३७ विभाग गठन गरिएको हो।

कुन विभागको प्रमुख को ?
राज्य प्रशासन विभाग- गोविन्द भट्टराई
स्थानीय तह समन्वय विभाग- मधु आचार्य
अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग- मानबहादुर विश्वकर्मा
संघीय मामिला समन्वय विभाग- चन्द्रबहादुर के.सी.
संसदीय मामिला विभाग- गोविन्दबहादुर शाह
कानून विभाग- मानबहादुर नेपाली
विद्यार्थी विभाग- राजीव ढुंगाना
पेशागत तथा बुद्धिजीवी विभाग- डा. डिला संग्रौला
शिक्षा विभाग- नैनसिंह महर
स्वास्थ्य विभाग- डा. चन्द्रमोहन यादव
निर्माण व्यवसाय समन्वय विभाग- मदनबहादुर अमात्य
सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग- शिवप्रसाद हुमागाँइ
कृषि तथा किसान विभाग- उमेश श्रेष्ठ
खेलकूद विभाग- उमेशजंग रायमाझी
प्राकृतिक स्रोत विभाग- तारामान गुरुङ
साहित्य, कला तथा संस्कृति विभाग- विद्यादेवी तिमिल्सिना
दलित समुदाय समन्वय र सशक्तीकरण विभाग- लक्ष्मी परियार
द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग- कृष्णकिशोर घिमिरे
मुस्लिम विभाग- मैकुलाल वाल्मिकी
वित्तीय संस्था समन्वय विभाग- कर्णबहादुर बुढा
विज्ञान तथा सूचना प्रविधि विभाग- सुशीला मिश्र भट्ट
भू.पू. सैनिक विभाग- महेन्द्र कुमारी लिम्बू
आर्थिक नीति तथा योजना विभाग- प्रा.डा. गोविन्दराज पोखरेल
शुभेच्छुक संस्था समन्वय विभाग- अब्दुल सत्तार
श्रमिक तथा ट्रेड युनियन विभाग- हरिशरण नेपाली
भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग- नृपबहादुर वड
मानव अधिकार विभाग- धना खतिवडा
वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग- कल्याणकुमार गुरुङ
ऊर्जा तथा जलस्रोत विभाग- अनिलकुमार रुंगटा
बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग- डा. जीवन राना
नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग- लक्ष्मी खतिवडा
व्यवसायीक सीप विकास विभाग- गंगालक्ष्मी अवाल
विपन्न उत्थान समन्वय विभाग- डा. गोपाल दहित
सामाजिक संघ संस्था समन्वय विभाग-अर्जुनप्रसाद जोशी
पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग- अजयबाबु शिवाकोटी
धर्म–संस्कृति समन्वय विभाग- ध्यानगोविन्द रञ्जित
पूर्व आप्रवासी समन्वय विभाग- दिनेश कोइराला

साउन २०, २०८१ सोमबार १८:५७:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।