लेबनानका नेपालीलाई देश फर्काउन निष्क्रिय सरकार, सक्रियता विज्ञप्तिमा मात्र

लेबनानका नेपालीलाई देश फर्काउन निष्क्रिय सरकार, सक्रियता विज्ञप्तिमा मात्र

काठमाडौँ : लेबनानमा बढ्दो द्धन्द्धसँगै अमेरिका लगायतका देशले आफ्नो नागरिकलाई देश छाड्न आग्रह गरिरहेका छन्। यता नेपाल भने विज्ञप्ति निकालेर बसेको छ। लेबनान र इजारयलबीच बढ्दो विवादसँगै भिषण युद्धको आशंका बढिरहेको छ।

लेबनानमा करिब १२ सय नेपाली कामदारका रूपमा कार्यरत रहेको अनुमान छ। तर एकिन सङ्ख्या परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छैन।

परराष्ट्र मन्त्रालय लेबनानमा रहेका नेपालीलाई स्वदेश फर्काउन सक्रिय देखिएको छैन। विज्ञप्ति निकाल्दै उसले केही समस्या परे सम्पर्क गर्नु भन्दै सम्पर्क नम्बर सार्वजनिक गरिरहेको छ।

सोमबार मन्त्रालयले लेबनानमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ सरकार पूर्णरूपमा सचेत रहेको दाबी गरिएको छ।

हालसम्म लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको दाबी गरिएको छ।

‘तत्कालै थप कुनै सहयोग आवश्यक परेमा लेबनानमा रहेका नेपाली नागरिकहरू तथा उहाँहरूका आफन्तहरूले कायरोस्थित नेपाली राजदूतावास तथा नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा सम्पर्क गर्न’ भनिएको छ।

साउन २०, २०८१ सोमबार १८:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।