राजीनामा दिनुअघि भिडियो सन्देश रेकर्ड गराउन चाहेकी थिइन् हसिनाले!

राजीनामा दिनुअघि भिडियो सन्देश रेकर्ड गराउन चाहेकी थिइन् हसिनाले!

एजेन्सी : बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पदबाट राजीनामा दिनुअघि प्रधानमन्त्री हसिनाले एक वक्तव्य रेकर्ड गराउन चाहेकी थिइन्। राजीनामाअघि राष्ट्रका नाममा एक भिडियो सन्देश जारी गर्न खोजेको तर, त्यो पनि नपाएको बीबीसीले उल्लेख गरेको छ।

भिडियो सन्देश जारी गर्न नपाएपछि हसिनाले राजीनामा गर्दै सोमबार भारतर्फ उडेकी हुन्। 

त्यसपछि पनि प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको भीड जम्मा भएको थियो। उनीहरू कर्फ्युको आदेशपनि अवज्ञा गर्दै त्यहाँ ढुंगामुढा गर्न पुगेको जनाइएको छ। त्यहाँ आन्दोलनकारीले उनको आवासमा ढुंगामुढा गरेका थिए। 

यसैबीच, हसिनाका छोराले उनको शासनमा हुन सक्ने कुनै पनि टेकओभरलाई रोक्न सुरक्षा फौजलाई आग्रह गरेका छन्।

आरक्षण र कोटा प्रणालीको विरोधमा विद्यार्थीले गरेको आन्दोलन हिंसात्मक बन्दा ज्यान गुमाउनेको संख्या कम्तीमा ३ सय पुगिसकेको छ। प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा आइतबार मात्रै कम्तीमा ९० जना मारिएको र सयौं घाइते भएको बीबीसीले लेखेको छ।

आइतबारको घटनापछि बंगलादेशमा कर्फ्यु लागेको छ भने तीन दिन सार्वजनिक विदा दिइएको छ। इन्टरनेट पनि बन्द गरिएको छ। 

सम्बन्धित समाचार :

साउन २०, २०८१ सोमबार १८:२२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।