हाप्किडोमा नेपालले जित्यो २ रजत र २ कास्यपदक
काठमाडौं : थाइल्याण्डमा आयोजना भएको विश्वहाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन्। राजेन्द्र तामाङ र ईमा थापाले कास्यपदक जिते।
महिला माईनस –३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडीसँग अंकको आधारमा पराजित भई कास्यपदक प्राप्त गरिन्।
राजेन्द्र तामाङले – ६८ केजी तौलको सेमिफाइनलमा लावोस र ईमा थापा –४७ केजी तौलको कम्बोडिया खेलाडीसँग पराजित भई कास्यपदक प्राप्त गरे।
त्यस्तै, चन्द्र बहादुर बोहोराले कास्यपदक जितेका छन्।
नेपालले २ रजत २ कास्य गरी जम्मा ४ पदक प्राप्त गरेको छ।
च्याम्पियनसिप यही साउन १७ देखि २० सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो।
साउन २१, २०८१ सोमबार १६:३०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।