बङ्गलादेशको प्रधानमन्त्री हसिना राजीनामा दिएर भारततर्फ हिँडिन्

बङ्गलादेशको प्रधानमन्त्री हसिना राजीनामा दिएर भारततर्फ हिँडिन्

काठमाडौँ :  बङ्गलादेशको ढाकामा तनाव बढेपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन्। बिबिसीका अनुसार हसिनाले राजीनामा दिएर भारततर्फ गएकी छिन्।

सोमबार प्रदर्शनका क्रममा हजारौँ प्रदर्शनकारी प्रधानमन्त्रीको निवासतर्फ आएपछि उनी राजीनामा दिएर सुरक्षित हुन भारत हिँडेको समाचारमा उल्लेख छ। 

बंगलादेशमा आरक्षणको विरोधमा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शन हिंसात्मक बन्दै गएको थियो। प्रदर्शनको क्रममा तीन सय प्रदर्शनकारीको मृत्यु भइसकेको छ। 

साउन २०, २०८१ सोमबार १५:३०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।