गुडिरहेको माइक्रोमाथि रूख ढलेपछि...

गुडिरहेको माइक्रोमाथि रूख ढलेपछि...

काठमाडौं : धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रोमाथि रूख ढल्दा ९ जना यात्रु घाइते भएका छन्।

धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि रूख ढलेको प्रहरीले जनाएको छ। 

घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए। 

उनका अनुसार घाइते सबै खतरामुक्त छन्।  

साउन २०, २०८१ सोमबार १४:५३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।