काठमाडौं-तराई द्रुतमार्गको काम समयमै सकिने प्रधानसेनापतिको दाबी

काठमाडौं-तराई द्रुतमार्गको काम समयमै सकिने प्रधानसेनापतिको दाबी
फाइल तस्बिर

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं-तराई मधेश द्रुतमार्गको निर्माणको काम २०८३ भित्र सक्ने दाबी गरेका छन्।

अहिलेसम्म ३६ प्रतिशत कामको प्रगति भएको जानकारी दिँदै उनले २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने दाबी गरेका हुन्।

सोमबार बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रू कार्यक्रममा उनले भने, ‘यो आयोजनाको प्रगति ३६ प्रतिशत सकियो, हामी तोकिएको अवधिमै आयोजना सक्छौँ।’

मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफल भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने उनको भनाइ छ।

ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै उनले त्यसलाई राजनीतिले नै सपार्नुपर्ने बताए। यो क्षेत्रबाहेक अन्यमा जग्गा व्यवस्थापनको काम सकिइसकेको उनको भनाइ छ।

साउन २०, २०८१ सोमबार १२:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।