अभिनयबाट सन्यास लिँदै आमिर, छोरा जुनैदलाई भने- ‘आमिर खान प्रोडक्सन तिमी सम्हाल’
एजेन्सी : बलिउड अभिनेता आमिर खान आजकल अभिनय र लाइमलाइटबाट टाढा रहँदै शान्तिपूर्ण जीवन बिताइरहेका छन्। यसैबीच, आमिरका छोरा जुनैद खानले बलिउडमा डेब्यू गरेका छन्।
जुनैदले फिल्म ‘महाराज’बाट बलिउडमा डेब्यु गरेका हुन्। यसैबीच आमिरका छोरा जुनैद खानले एक अन्तर्वार्तामा बुवा आमिरले रिटायरमेन्ट लिन खोजेको बताउँदै आफूलाई आमिर खान प्रोडक्सनको जिम्मेवारी दिएको बताएका छन्।
जुनैद खानले टाइम्स अफ इन्डियालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मामुले लापता लेडिज फिल्म बनाइरहँदा बुवाले म रिटायर्ड हुँदैछु, तिमी किन यो सब सम्हाल्दैनौ भन्नुभएको थियो। त्यसपछि मैले आमिर खान प्रोडक्सनको जिम्मेवारी लिएँ।’
अहिले जुनैद खान फिल्म ‘प्रीतम प्यारे’को निर्माण गरिरहेका छन्। उनले यसअघि पनि क्यामेरा पछाडि रहेर धेरै काम गरिसकेका छन्।
पीकेको फिल्मको सेटमा क्यामेरा पछाडि रहेर काम गरेका उनले कयौं विज्ञापन समेत छायांकन गरेका छन्। ‘महाराज’को सुटिङ सकिएपछि उनी अहिले आमिर खान प्रोडक्सनको फिल्ममा काम गरिरहेका छन्।
साउन २१, २०८१ सोमबार १२:३८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।