एक वर्षमा २० बैंकको खुद नाफा ६४ अर्ब १५ करोड, नाफामा नबिल पहिलो, ग्लोबल आइएमई दोस्रो
काठमाडौँ : २० वाणिज्य बैंकले आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ नाफा गरेका छन्। सोमबार बैङ्क तथा वित्तीय संस्थाले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको भन्दा साढे ८ अर्ब बढी नाफा गरेका छन्।
गत वर्ष बैङ्क तथा वित्तीय संस्थाले ५६ अर्ब ५७ करोड नाफा गरेका थिए। प्रतिशतका आधारमा सबैभन्दा बढी प्रभु बैंकले १५ गुणा नाफा बढेको देखिन्छ। बचत फिर्ताको अफवाहको प्रभाव लगायतले एनआईसी एसियाको नाफा सबैभन्दा धेरै ६८% ले घटेको छ।
सबैभन्दा बढी नाफा गर्ने बैङ्कमा नबिल बैङ्क परेको छ। गत वर्ष सबैभन्दा धेरै नाफा कमाएको ग्लोबल आइएमई बैङ्क दोस्रो नम्बरमा पुगेको छ।
नबिलले गत आर्थिक वर्षमा ७ अर्ब ६ करोड रुपैयाँ खुद मुनाफा गरेको छ। ग्लोबल आइएमईको नाफा छ अर्ब बढी छ।
नाफामा माछापुच्छ्रे बैङ्क सबैभन्दा कमजोर देखिएको छ। माछापुच्छ्रेको नाफा १ अर्ब २५ करोड छ।
नाफा घटेका १० बैङ्क
ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य बैङ्क, स्ट्यान्डर्ड चार्टर, सिद्धार्थ, सानिमा, एनएमबी, नेपाल बैङ्क, एनआइसी, सिटिजन्स र माछापुच्छ्रे बैङ्क।
नाफा बढेका १० बैङ्क
नबिल, एनआइएमबी, प्रभु, प्राइम, एभरेस्ट, कृषि विकास, लक्ष्मी सनराइज, हिमालयन, कुमारी र नेपाल एसबीआई।
साउन २१, २०८१ सोमबार ११:३५:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।