सुनको मूल्यको नयाँ कीर्तिमान, आज ठ्याक्कै डेढ लाखमा कारोबार
काठमाडौं : साताको दोस्रो दिन सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएर कीर्तिमान कायम राखेको छ।
आइतबारको तुलनामा सोमबार सुनमा तोलाको तीन सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार (आज) छापावाल सुन तोलाको ठ्याक्कै एक लाख ५० हजार रुपैयाँ पुगेको हो। आइतबार छापावाल सुन तोलाको १ लाख ४९ हजार सात सय रुपैयाँ थियो।
सुनको मूल्यमा फेरबदल आए पनि चाँदीको मूल्य भने स्थिर छ। महासंघका अनुसार सोमबार चाँदी तोलाको एक हजार ७८५ रुपैयाँमा कारोबार भइरहेको छ।
साउन २०, २०८१ सोमबार १०:५७:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।