इन्भेस्टमेन्ट मेगाले कमायो पाँच अर्ब १९ करोड, प्रति सेयर आम्दानी १५.२३ रुपैयाँ

इन्भेस्टमेन्ट मेगाले कमायो पाँच अर्ब १९ करोड, प्रति सेयर आम्दानी १५.२३ रुपैयाँ

काठमाडौँ :  नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब १९ करोड नाफा कमाएको छ। गत वर्ष बैंकले ३ अर्ब ७२ नाफा कमाएको थियो। गत वर्षभन्दा यो नाफा ३९.७१ प्रतिशतले बढी हो।

परिष्कृत वित्तीय विवरणअनुसार बैङ्कको ब्याज आम्दानी २२.६ प्रतिशतले बढेर ४३ अर्ब ६ करोड पुगेको छ। खुद ब्याज आम्दानी २२.०१ प्रतिशतले बढे १५ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

बैंकले अघिल्लो आर्थिक वर्षमा छुट्टाएको नोक्सानी व्यवस्थाभन्दा ०.१७ प्रतिशत बढी प्रोभिजन गरेको छ। नाफा बढेसँगै बैङ्कको सञ्चालन नाफा २१.६२ प्रतिशतले बढेर ८ अर्ब ७ करोड पुगेको छ।

तर बैङ्कको वितरणयोग्य नाफा भने ऋणात्मक छ। बक्यौता ब्याज बढेका कारण नियमनकारी कोषमा १ अर्ब ८० करोड रुपैयाँ र गैर बैङ्किङ सम्पत्ति प्रोभिजन १ अर्ब १७ करोड थप गरेको छ।

बैंकले २०८१ असार मसान्तसम्म ७ खर्ब ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी ३ खर्ब ७ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ। बैङ्कको चुक्तापुँजी ३४ अर्ब १३ करोड र जगेडा कोषमा ३० अर्ब ५७ करोड रहेको छ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार बैङ्कको प्रतिसेयर आम्दानी १५.२३ रुपैयाँ कायम भएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा ४.५४ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत कायम भएको छ। खुद निष्क्रिय कर्जा १.६६ प्रतिशत छ। बैङ्कको निक्षेप कर्जा अनुपात ७९.२२ प्रतिशत छ।

साउन २१, २०८१ सोमबार १०:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।