गाजाका विद्यालयमा इजरायली आक्रमण, बालबालिकासहित ३० जनाको मृत्यु

गाजाका विद्यालयमा इजरायली आक्रमण, बालबालिकासहित ३० जनाको मृत्यु

एजेन्सी : इजरायलले गाजाकाे विद्यालयमा आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा ३० जनाको ज्यान गएको प्यालेस्टिनी उद्धार समूह र प्यालेस्टिनी मिडियाले जनाएका छन्।

प्यालेस्टाइन सिभिल डिफेन्सका प्रवक्ताका अनुसार मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।

उद्धार टोलीका अनुसार मृत्यु हुनेमा विद्यालयमा शरण लिएका केही विस्थापित व्यक्तिहरू थिए। इजरायल रक्षा बलले आक्रमणको पुष्टि गरेको छ।

इजरायली डिफेन्स फोर्सले गाजाका विद्यालयहरूबाट सञ्चालित हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरहरूलाई निशाना बनाएको बताएको छ। इजरायलले विद्यालय लक्षित आक्रमण गरेको यो हप्ता तेस्रो पटक हो।

इजरायली डिफेन्स फोर्सले ती विद्यालयहरूलाई हमासले आफ्ना लडाकुहरूलाई लुकाउन र इजरायलविरुद्ध आक्रमणको योजना बनाउन कमाण्ड सेन्टरको रूपमा प्रयोग गरिरहेको बताएको छ।

सामाजिक सञ्जालमा देखिएको फुटेजमा उद्धार टोलीले बालबालिकासहितको शव निकालेको देख्न सकिन्छ।

साउन २०, २०८१ सोमबार १०:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।