काभा महिला नेशन्स लिग : इरानसँग पराजित नेपाल आज माल्दिभ्स भिड्दै

काभा महिला नेशन्स लिग : इरानसँग पराजित नेपाल आज माल्दिभ्स भिड्दै

काठमाडौं : काभा महिला नेशन्स लिगको समूह चरणको अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ।

खेल नेपाली समयअनुसार सोमबार दिउँसो सवा तीन बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ।

आइतबार भएको खेलमा नेपाल इरानसँग ३-२ को सेटमा पराजित भएको थियो। पहिलो सेट १६-२५ ले गुमाएको नेपाल दोस्रो सेटमा २५-१६ ले विजयी भयो।

तेस्रो सेटमा इरान २५-२३ ले विजयी भए पनि चौथो सेटमा भने १५-२५ ले पराजित भएको थियो। अन्तिम सेटमा इरानले नेपाललाई १५-१३ ले पराजित गरेको थियो।

जारी प्रतियोगितामा नेपाल तीनमध्ये दुई खेलमा विजयी भएको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई र दोस्रो खेलमा भारतलाई पराजित गरेको थियो।

इरानले ४ खेलबाट ७ अंक बनाउँदा नेपालले ३ खेलबाट ६ अंक बनाएको छ। भारतसँग ७, श्रीलंकासँग ४ र माल्दिभ्स अंकविहीन छ।

साउन २०, २०८१ सोमबार ०८:४९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।