तीन बालिकाको हत्यापछि भएको हिंस्रक प्रदर्शनमा बेलायतमा १५० जना पक्राउ

तीन बालिकाको हत्यापछि भएको हिंस्रक प्रदर्शनमा बेलायतमा १५० जना पक्राउ

एजेन्सी : बेलायतको मर्सीसाइडमा चर्चित गायिका टेलर स्विफ्टको थिममा भएको डान्स पार्टीमा तीन बालिकाको हत्यापछि भएको हिंसात्मक प्रदर्शनमा अहिलेसम्म १५० जनालाई पक्राउ गरिएको छ।

स्थितिको गम्भीरतालाई ध्यानमा राख्दै सोमबार प्रधानमन्त्रीको सरकारी निवास १० डाउनिङ स्ट्रिटमा आकस्मिक बैठक बोलाइएको छ।

प्रधानमन्त्री केयर स्टार्मरले रोटरडमको होटलमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै आकस्मिक बैठक बोलाएका हुन्।

अराजकता सिर्जना गर्न खोज्नेलाई कानुनको कठघरामा उभ्याउने प्रधानमन्त्री स्टार्मरको प्रतिबद्धता छ।

यसैबीच, प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथलगायत धेरै क्षेत्रमा हिंसात्मक प्रदर्शनहरू विरुद्ध कारबाही गरेको छ।

प्रधानमन्त्री स्टारमरले हिंसात्मक प्रदर्शनको निन्दा गर्दै बेलायतका मानिसहरूलाई सुरक्षित हुने अधिकार रहेको बताएका छन्।

‘यसका बाबजुद पनि मुस्लिम समुदायलाई लक्षित गरिएको हामीले देख्यौं। मस्जिदहरूमा आक्रमणहरू भए,’ उनले भने, ‘अन्य अल्पसंख्यक समूहहरूलाई निशानामा बनाइएको छ। प्रहरीमाथि आक्रमण भयो। जातीय नारा लगाएर हिंसा भएको थियो। त्यसैले यसलाई अति दक्षिणपन्थीको निर्मम हिंसा भन्न मलाई कुनै हिचकिचाहट छैन।’

रोटरडमको होटलमा राजनीतिक शरण लिन खोजेका मानिसहरूलाई राखिँदै आएको छ।

साउन २०, २०८१ सोमबार ०८:३२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।