कोटीहोममा फोटो खिच्न पुगेका फोटो पत्रकार कुटिए

कोटीहोममा फोटो खिच्न पुगेका फोटो पत्रकार कुटिए

काठमाडौं : मानव सेवा फाउण्डेशनले पशुपतिमा आयोजना गरेको कोटिहोममा परिचालित महांकाल सेवा स्वयंसेवकले डिसी नेपालमा कार्यरत पत्रकार अनिल पोख्रेलमाथि गालीगलौज गर्दै हातपात गरेका छन्।

आइतबार दिउँसो एलिना चौहानको फोटो तथा भिडियो खिच्न गएका पत्रकार पोखरेललाई फोटो तथा भिडियो नखिच्न भन्दै स्वयंसेवकले कुटपिट गरेको चलचित्र पत्रकार संघ, नेपालले जनाएको छ। संघका अनुसार कुटपिटबाट पोखरेलको नाथ्री फुटेको छ।

आइतबार संघका महासचिव रघुनाथ सापकोटाले जारी गरेको विज्ञप्तिमा पोखरेलमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘फोटो खिच्ने क्रममा कार्यक्रममा परिचालित स्वयमसेवकहरूले अनिललाई बन्द कोठामा लगेर हातपात गरेको पत्रकार पोख्रेल तथा प्रत्यक्षदर्शीले भनेका छन्।’

संघले प्रेसमाथिको आक्रमण बन्द गर्न आग्रह प्रेसविरोधी घटनामा संलग्नमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न समेत ध्यानाकर्षण गराएको छ।

आइतबार नै कोटिहोममा अन्य दुई युट्युबरमाथि हातपात भएको थियो।

साउन २०, २०८१ सोमबार ०८:१८:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।