डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता विवाद : प्राधिकरणको सञ्चालकमा नियुक्त भए गुरुङ र कार्की

डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता विवाद : प्राधिकरणको सञ्चालकमा नियुक्त भए गुरुङ र कार्की

काठमाडौँ : डेडिकेटेड र ट्रङ्क लाइन सुविधा प्रयोग गरे बापत शुल्क भुक्तानी नगरेका उद्योगीसँग बक्यौता असुल गर्नुपर्ने अडान लिएका नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका दुई सदस्य हटाएर सरकारले नयाँ  नियुक्ति गरेको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आइतबारै  सरकारले सञ्चालक समितिबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको थियो।

आइतबारै उनीहरूको ठाउँमा  महेन्द्रबहादुर गुरुङ र देवेन्द्र कार्कीलाई नियुक्त गरेको हो।  सञ्चालकमा नियुक्त कार्की ऊर्जा मन्त्रालयका पूर्व सचिव हुन् भने गुरुङ विद्युत् विकास विभागका पूर्व महानिर्देशक हुन्। 

हटेका आचार्य पुनले विद्युत् भुक्तानी बक्यौता बाँकी रहेका उद्योगीहरूको काटिएको लाइन जोडेर तीन महिनाको समय दिने सञ्चालक समितिको निर्णयको विरोधमा नोट अफ डिसेन्ट लेखेपछि डेडिकेटेड र ट्रङ्क लाइन विवादमा सरकार तथा विद्युत् नियमन आयोगको निर्देशन कार्यान्वयन गर्न असहयोग गरेको सरकारले आरोप लगाउँदै आएको थियो। पछिल्लो समय विद्युत् बक्यौता उठाउने विषयमा प्राधिकरणको नेतृत्वको प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा मन्त्री दीपक खड्कासँग विवाद बढिरहेको छ।

साउन १९, २०८१ आइतबार २१:०४:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।