बाढीमा बगेर दागंमा एक जनाको मृत्यु

बाढीमा बगेर दागंमा एक जनाको मृत्यु

काठमाडौँ :  दाङमा  बाढीले बगाउँदा एक जनाको  मृत्यु भएको  छ।  नेपाल प्रहरीले  सार्वजनिक गरेको विवरण अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ४ की मञ्जु  खड्काको मृत्यु भएको हो।  

प्रहरीले  सार्वजनिक गरेको  विवरण अनुसार विभिन्न ठाउँमा पहिरो जाँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ की ४४ वर्षीया घमन्डी थापा, ५५ वर्षीया धनसोभा बुढा, २६ वर्षीया संगे महतरा र २३ वर्षीय युवराज बुढा घाइते भएका छन्।

यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका वडा नं २ बस्ने ३६ वर्षीया जमुना बिक  पनि घाइते भएको प्रहरीले जनाएको छ।   

 

साउन १९, २०८१ आइतबार २०:३७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।