सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारु
काठमाडौं : नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारु सर्वसम्मत चयन भएका छन्।
संघको २० औं वार्षिक साधारण सभाले आगामी ३ वर्षको लागि मारुलाई अध्यक्षमा चयन गरेको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा मारुसहित उपाध्यक्ष तारा पोखरेल र विकास दुगड, महासचिव राजाराम खड्का र कोषाध्यक्षमा अरुण कर्ण चयन भए।
नवनिर्वाचित अध्यक्ष मारुले नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालिन तथा अल्पकालीन समस्याहरूको समाधान, स्थायित्व गुणस्तरीय उत्पादन, बजार व्यवस्थापन जस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गरी अघि बढ्ने बताए।
सिमेन्ट उद्योगीहरुलाई साथमा लिई यस क्षेत्रमा देखा परेका चुनढुङ्गा उत्खनन्, वन, विद्युत, बैंकिङ तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई चिर्दै अघि बढ्ने उनको प्रतिबद्धता छ।
साउन १९, २०८१ आइतबार १७:०५:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।