भारतको मढीयामा जल चढाएर फर्किँदै गरेका बोलबम यात्री बोकेको ट्याक्टर दुर्घटना, ५ जना घाइते

भारतको मढीयामा जल चढाएर फर्किँदै गरेका बोलबम यात्री बोकेको ट्याक्टर दुर्घटना, ५ जना घाइते

काठमाडौं : सर्लाहीमा बोलबम यात्री बोकेको ट्याक्टर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

भारतको मढीयामा जल चढाएर सर्लाहीको चक्रघट्ट फर्कँदै गरेका यात्रु सवार ज २ त ३२७ नम्बरको ट्याक्टर आइतबार मलङ्गवा नगरपालिका–१२ स्थित नहरमा खसेको हो। 

घाइते हुनेमा सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ का २६ वर्षीया शान्ति देवी, उनकी नौ वर्षकी छोरी सुस्मिता, ४० वर्षीया गीता देवी, ४५ वर्षीया पतही देवी र उनकी ११ वर्षकी छोरी अंशुकुमारी रहेका छन्।

उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

प्रहरीका अनुसार तीब्र गतिमा रहेको ट्याक्टर अनियन्त्रित भई नहरमा खसेको हो। 

दुर्घटना लगतै ट्याक्टर चालक चक्रघट्ट गाउँपालिका–८ औरहीका ३० वर्षीय राम बालक राय फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।  

साउन १९, २०८१ आइतबार १६:२५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।