कर्णालीमा १५३ दिनपछि सत्तामा फर्कियाे कांग्रेस
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन्।
केन्द्रमा कांग्रेस-एमाले गठबन्धन बनेपछि कर्णालीमा आइतबार कांग्रेसका राजीव विक्रम शाह आर्थिक मामिला तथा योजना मन्त्री, घनश्याम भण्डारी सामाजिक विकास मन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका हुन्।
नवनियुक्त मन्त्रीहरूलाई आइतबारै प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गाेपनीयताकाे शपथ ग्रहण गराए।
योसँगै कर्णालीमा १५३ दिनपछि कांग्रेस सरकारमा फर्किएकाे छ।
कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले प्रदेशसभामा सोमबार विश्वासको मत लिँदै छन्।
साउन २०, २०८१ आइतबार १५:४२:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।