फोटो पत्रकार रजेन्द्र केसीमा देखियो प्याङक्रियाज क्यान्सर, उपचारमा सघाउन अमेरिकामा रहेका पत्रकारले सुरु गरे सहयोग अभियान

फोटो पत्रकार रजेन्द्र केसीमा देखियो प्याङक्रियाज क्यान्सर, उपचारमा सघाउन अमेरिकामा रहेका पत्रकारले सुरु गरे सहयोग अभियान

काठमाडौँ : नेपालमा एक दशकबढि फोटो पत्रकारितामा सक्रिय रहेर ६ वर्ष अगाडि अमेरिका पुगेका फोटो पत्रकार रजेन्द्र केसी अहिले प्याङक्रियाजको जटिल क्यान्सरबाट प्रभावित भएका छन्।

चाँडै शरीरका अन्य अङ्गहरूमा फैलिने समस्या देखिएको उनको उपचार अहिले केमोथेरापीको चरणमा रहेको नेपाल अमेरिका पत्रकार सङ्घले जानकारी दिएको छ। सङ्घका अनुसार उनी श्रीमती र छोरीसँग अमेरिकामा रहँदै आएका थिए। एक महिना अगाडि मात्र उनमा प्याङक्रियाज सम्बन्धी क्यान्सर रहेको खुलेको थियो।

रोग पहिचानकै क्रममा उनको बचत सकिएपछि उपचारका लागि अहिले सङ्घले गो फन्ड मार्फत सहयोग सङ्कलन अभियान सुरु गरेको छ। केसी परिवारको आर्थिक स्थिति अत्यन्तै कमजोर बन्दै गएको र आर्थिक समस्याले केसीले जुन आत्मबलसहित रोगको सामना गर्नुपर्ने हो त्यो झन् कठिन भइरहेको सङ्घले जनाएको छ।

सङ्घले गो फन्डमार्फत ५० हजार अमेरिकी डलर सहयोग सङ्कलनको लक्ष्य राखेकोमा नेपाली समय अनुसार आइतबार दिउससम्म चार हजार अमेरिकी डलर जम्मा भएको छ।

साउन १९, २०८१ आइतबार १५:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।