नारायणी नदीमा ‘मर्निङवाक’ गर्न निस्किएका पुरुषलाई बाघले आक्रमण गरेपछि...

नारायणी नदीमा ‘मर्निङवाक’ गर्न निस्किएका पुरुषलाई बाघले आक्रमण गरेपछि...

काठमाडौं : चितवनको नारायणी नदी किनारमा ‘मर्निङवाक’ गर्न निस्किएका एक व्यक्ति बाघको आक्रमणबाट घाइते भएका छन्।

बिहान करिब ५ बजे पैदल हिँडेका भरतपुर–२ बेलटाँडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको हो। 

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको छ। 

अहिले उक्त बाघको खोजी गर्न ड्रोन र हात्तीको प्रयोग गर्ने तयारी गरिएको छ। 

जिल्ला वन कार्यालय चितवनका प्रमुख थिरबहादुर कार्कीका अनुसार नारायणी किनारमा रहेको झाडीमा बाघ लुकेको आशङ्का गरिएको छ।

उनका अनुसार ड्रोनले बाघ पहिचान गरेपछि हात्तीको सहायताले डार्ट बेहोस बनाएर नियन्त्रणमा लिने योजना छ। 

साउन १९, २०८१ आइतबार १४:०४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।