दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कांग्रेसका शाह

दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्री बन्दै कांग्रेसका शाह

काठमाडौं : नेपाली कांग्रेसका कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। 

आइतबार एमालेको समर्थनमा कांग्रेसका संसदीय दलका नेता समेत रहेका शाहले प्रदेश प्रमुख नजिर मियाँ कहाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरे।

सुदूरपश्चिममा बहुमतको सरकारको लागि २७ जनाको समर्थन चाहिन्छ। कांग्रेसको १८ र एमालेको ११ सिट गरी सत्ता गठबन्धनसँग २९ सिट छ। 

कांग्रेसका शाह यससँगै दोस्रोपटक मुख्यमन्त्री बन्ने भएका छन्। 

उनले यसअघि १४ महिना नेतृत्व गरेर केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि गत चैत २२ गते राजीनामा दिएका थिए। 

त्यसपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बनेका थिए। उनै सोडारीले गत शुक्रबार राजीनामा दिएपछि शाहलाई फेरि मुख्यमन्त्री बन्ने बाटो खुल्यो।  

साउन २०, २०८१ आइतबार १३:४९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।