रुसी पनडुब्बी डुबाएको युक्रेनको दाबी

रुसी पनडुब्बी डुबाएको युक्रेनको दाबी

एजेन्सी : युक्रेनी सेनाले रुसको कब्जामा रहेको क्रिमियाको बन्दरगाहमा पार्क गरिएको रुसी पनडुब्बीमाथि आक्रमण गरी डुबाएको दाबी गरेको छ।

युक्रेनका जनरल स्टाफले एक विज्ञप्ति जारी गरी सन् २०१४ मा लन्च गरिएको रुसको किलो क्लास युद्ध पनडुब्बी ‘रोस्तोभ-अन-डोन’ शुक्रबार मिसाइल आक्रमणबाट डुबेको बताएको हो।

रुसी पनडुब्बी ‘रोस्तोभ-अन-डोन’माथि शुक्रबार सेभास्टोपोल शहरमा आक्रमण गरिएको थियो।

यो पनडुब्बी रुसको कालो समुन्द्र (ब्ल्याक सी)मा सञ्चालनमा रहेका चार पनडुब्बीमध्ये एक हो। ब्ल्याक सीमा रुसद्वारा सञ्चालित फ्लीट क्यालिबर क्रुज मिसाइल प्रहार गर्न सक्षम छ।

रुसको रक्षा मन्त्रालयले युक्रेनको यो दाबीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

यस आक्रमणमा रुसले गैरकानूनी रूपमा कब्जा गरेको क्षेत्रको सुरक्षा गर्दै आएका चार ‘एस-४००’ एयर डिफेन्स सिस्टम पनि ध्वस्त पारेको युक्रेनी अधिकारीहरूको भनाइ छ।

‘रोस्तोभ-अन-डोन’को डुबेसँगै युक्रेन नियन्त्रित ब्ल्याक सी क्षेत्रमा रूसी जहाजका लागि कुनै सुरक्षित स्थान नभएको पुष्टि भएको युक्रेनी जनरल स्टाफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साउन १९, २०८१ आइतबार ०९:०६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।