मध्यपूर्वमा तनाव बढेसँगै अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- ‘जतिसक्दो चाँडो लेबनान छाड्नू’

मध्यपूर्वमा तनाव बढेसँगै अमेरिकाले आफ्ना नागरिकलाई भन्यो- ‘जतिसक्दो चाँडो लेबनान छाड्नू’

एजेन्सी : मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई टिकट पाउनेबित्तिकै जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको छ।

यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि यस्तै चेतावनी दिएका थिए। लामीले उक्त क्षेत्रको अवस्था एकदमै छिटो बिग्रन सक्ने बताएका थिए।

गत बुधबार तेहरानमा हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएको छ।

इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको खबर बाहिरिएको थियो।

आइतबार राति, हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको थियो।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले मिसाइललाई निष्क्रिय गरेको देख्न सकिन्छ। कसैको मृत्यु भएकोबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।

जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन्।

साउन १९, २०८१ आइतबार ०८:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।