प्रदेश सरकारमा गुन्डालाई मन्त्री बनाएर पार्टी प्रवक्ता भन्छन्' प्रदेश सरकारमा सुशासन कांग्रेसबाट हुनुपर्छ'

प्रदेश सरकारमा गुन्डालाई मन्त्री बनाएर पार्टी प्रवक्ता भन्छन्' प्रदेश सरकारमा सुशासन कांग्रेसबाट हुनुपर्छ'

काठमाडौँ : प्रदेशमा मन्त्री छान्दा विवादित र आपराधिक पृष्ठ भूमिकालाई प्राथमिकता दिएको नेपाली काङ्ग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री प्रकाशशरण महतले प्रदेश सरकारमा सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता काङ्गेसको नेतृत्वबाट हुनुपर्ने दाबी गरे।

लुम्बिनी र बागमतीमा बनेको एमाले-काङ्ग्रेस गठबन्धनको प्रदेश सरकारमा कांग्रेसले विवादित र आपराधिक पृष्ठभूमिकालाई मन्त्री बनाएको थियो। लुम्बिनीमा हत्या अभियोगमा अनुसन्धानको दायरामा रहेका बादशाह कुर्मी र आपराधिक पृष्ठभूमिका सरोज थापा उर्फ रोज राणा र बाग्मतीमा आपराधिक पृष्ठभूमिका मीनकृष्ण महर्जनलाई कांग्रेसले मन्त्री बनाएको छ।

तर शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा भने उनले प्रादेशिक संरचनामाथि नै प्रश्न उठेको अवस्थामा प्रदेश सरकारहरूले इमानदार र प्रतिबद्ध भएर काम गर्नुपर्ने बताए। 

‘यो प्रादेशिक संरचनाले हाम्रो देशलाई अगाडि बढाउन मद्दत गरेको छ कि छैन भन्ने खालको प्रश्न आम नागरिक र पार्टीभित्रै पनि उठ्ने गरेको छ। यसर्थमा प्रदेश संरचना हेर्नेहरूको जिम्मेवारी अलि बढी छ। यो सार्थक रूपमा जुन प्रदेश सरकारहरूले सुशासन, नीति निमार्णको कोणबाट काम गर्ने प्रतिबद्धता नेपाली काङ्गेसको नेतृत्वमा रहेकाहरूले गर्नुपर्छ' उनले भने।

साउन १८, २०८१ शनिबार २२:४०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।