पानी ट्याङकरको ठक्करले ६२ वर्षीया सरस्वतीको ज्यान गयो

पानी ट्याङकरको ठक्करले ६२ वर्षीया सरस्वतीको ज्यान गयो

काठमाडौँ : माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा २८ प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश ००३–००१क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको छ।

मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर घाइते भएका छन्।  ट्याङ्करको ठक्करबाट घाइते भएकी उनलाई उपचारका क्रममा नर्भिक इन्टरनेसनल अस्पताल लगिएको थियो। तर उनको ज्यान जोगिएन।  ट्याङ्करका चालक धादिङ गजुरीका रामकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

साउन १९, २०८१ आइतबार ०१:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।