३० वर्षीय महिलाले पलङभित्र लुकाएर राखेको ५० केजी गाँजा प्रहरी नियन्त्रणमा

३० वर्षीय महिलाले पलङभित्र लुकाएर राखेको ५० केजी गाँजा प्रहरी नियन्त्रणमा

काठमाडौं : पर्सामा एक महिलाले घरको पलङभित्र लुकाएको ५० केजी गाँजा नियन्त्रणमा लिइएको छ। 

प्रहरीले गाँजासहित ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीय अनिता गुरौंलाई नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले गाँजासहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा उक्त परिमाणको गाँजा भेटिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो।

भारतीले भने, 'पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौं।' 

साउन १८, २०८१ शनिबार २१:२२:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।