उपेन्द्रको आरोप : एमाले-माओवादीले जसपा नेपाल फुटाए, कांग्रेस-एमाले मिलेर समावेशीता खारेज गर्दैछन्

उपेन्द्रको आरोप : एमाले-माओवादीले जसपा नेपाल फुटाए, कांग्रेस-एमाले मिलेर समावेशीता खारेज गर्दैछन्

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिधित्व प्रणाली र संघीयता खारेज गर्ने षडयन्त्र गरेको आरोप लगाएका छन्।

शनिबार काठमाडौंमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै यादवले वर्तमान सरकारले राजनीतिक स्थिरताको नाममा समावेशीतालाई हटाउने, थ्रेसहोल्ड बढाउने र संघीयतालाई समाप्त खोजेको भन्दै आपत्ति जनाए।

उनले नेपालको अहिलेसम्मका आन्दोलनको ठूलो उपलब्धि समावेशीता भएको र राज्यकै तर्फबाट अहिले समावेशी लोकतन्त्रमाथि प्रहार भइरहेको बताए। 

समावेशीता, लोकतन्त्र र संघीयता हटाएर निरंकुशतामा राजनीतकि स्थिरता खोजेर नहुने उनको तर्क छ। 

यादवले यसअघि पद र पैसाको लोभमा माओवादी र एमाले मिलेर आफ्नो पार्टी फुटाएकोसमेत आरोप लगाए। 

साउन १८, २०८१ शनिबार २१:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।