रास्वपाको राष्ट्रिय महाधिवेशन अर्को वर्षको वैशाखमा र राष्ट्रिय भेला यही असोजमा गर्न सुझाव

रास्वपाको राष्ट्रिय महाधिवेशन अर्को वर्षको वैशाखमा र राष्ट्रिय भेला यही असोजमा गर्न सुझाव

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको क्लोज क्याम्पले राष्ट्रिय भेला यही असोजमा र राष्ट्रिय महाधिवेशन आगामी वर्षको वैशाखमा गर्न सुझाव दिएको छ। 

शनिबार समापन भएको दुई दिने बन्द कार्यशालाले आउँदो असोज ३ र ४ गते राष्ट्रिय भेला र २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न गर्न केन्द्रीय समितिलाई सुझाव दिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

क्लोज क्याम्पले विधान संशोधन सुझाव कार्य दलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गर्ने निर्णयसमेत गरेको छ।  

बन्द कार्यशालाले केन्द्रीय समितिलाई विभिन्न १५ विषयमा सुझाव दिएको छ। 

जिल्ला संयोजक, उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरेर तदर्थ समिति गठन गर्न र विधान संशोधन सुझाव कार्यदलको प्रतिवेदन भदौ मसान्तभित्र तयार गरी राष्ट्रिय भेलामा पेश गर्ने, शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधनका बारेमा पार्टीको अवधारणा तयार गर्ने लगायतका सुझावहरू बन्द कार्यशालाले दिएको छ।

साउन १८, २०८१ शनिबार २०:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।