जंगली जनावर मार्न गएका एक युवकको गोली लागेर ज्यान गयो, सँगै जंगल गएका २ जना पक्राउ

जंगली जनावर मार्न गएका एक युवकको गोली लागेर ज्यान गयो, सँगै जंगल गएका २ जना पक्राउ

काठमाडौं : डोटीमा जंगली जनावरको शिकार गर्न गएका एक युवकको गोली लागेर मृत्यु भएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीस्थित घोत्नेगडा सामुदायिक वनमा गोली लागेर ३० वर्षीय अमर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी विष्णुहरि कोइरालाका अनुसार गोली लागेपछि थापाको घटनास्थलमै मृत्यु भएको हो।

थापाको मृत्युपछि उनीसँगै शिकार खेल्न जंगल गएका पूर्वीचौकी गाउँपालिका-६ का ३३ वर्षीय रामबहादुर साउद र ४२ वर्षीय दिल्लीबहादुर साउदलाई पक्राउ परेका छन्।

उनीहरूलाई धानबारीमा लुकेको अवस्थामा शुक्रबार राती करिब १० बजेतिर डोटीको नारीदाङ भन्ने ठाउँबाट पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए।

पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

साउन १८, २०८१ शनिबार १९:१२:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।