माइतीघरमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा ६२ वर्षीय महिलाको ज्यान गयो

माइतीघरमा पानी ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा ६२ वर्षीय महिलाको ज्यान गयो

काठमाडौं : काठमाडौं महानगरपालिका–११ थापाथलीमा सवारी दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनाबाट मोटरसाइकलमा सवार ६२ वर्षीय सरस्वती तुलाधरको मृत्यु भएको हो। मोटरसाइकलका चालक ६९ वर्षीय ध्रुवराज तुलाधर भने घाइते छन्।

माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा२८प ४८६७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको मधेश प्रदेश००३–००१क २५१९ नम्बरको पानी ट्यांकरले ठक्कर दिएको थियो। 

उनको उपचारका क्रममा नर्भिक इन्टरनेशनल अस्पतालमा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। 

ठक्कर दिने ट्यांकरका चालक धादिङको गजुरीका रामकुमार तामाङलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले जानकारी दिए। 

साउन १८, २०८१ शनिबार १८:२७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।