मोगादिशुको रेस्टुरेन्टमा भएको आत्मघाती विस्फोटमा ३२ जना मारिए

एजेन्सी : सोमालीको राजधानी मोगादिशुमा एक समुद्र किनारको रेस्टुरेन्टमा शुक्रवार भएको आत्मघाती आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु र दर्जनौँ घाइते भएका छन्।
सरकारी सञ्चार माध्यम सोमाले शनिवार जानकारी दिए अनुसार सोमाली आतङ्कवादी समूह अल-शबाबका छ जना सदस्यले बिच भ्यु होटेलको रेस्टुरेन्टमा आत्मघाती बम विस्फोट गराएका थिए।
घटनामा पाँच आक्रमणकारीहरू मारिए। छैटौँ व्यक्तिको पहिचान खुलेको छैन।
विस्फोट भएको भोलिपल्ट बिहान आक्रमण स्थलको भिडियोमा नागरिकहरू एम्बुलेन्सको वरिपरि घेरा हालेको देखिएको छ। मानिसहरू बालुवामा बसिरहेका छन्, जमिनको एक भाग कालो देखिन्छ।
आक्रमणका बचेका एक व्यक्ति हसन फराहले रोयटर्सलाई बताए अनुसार घटनाको बेलामा उनी आफ्ना साथीहरूसँग रेस्टुरेन्टमा बसिरहेका थिए।
'एक सेकेन्डमा बिजुली चम्केजस्तो केही भयो र एक ठुलो विस्फोट भयो,' उनले भने 'हामी धुवाँले ढाकिएका थियौँ। रेस्टुरेन्टभित्र र बाहिर धेरै मानिसहरू भुईँमा लडिरहेका थिए, अन्य रोइरहेका थिए।'
साउन १९, २०८१ शनिबार १७:३०:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।