घाँस काटिरहेकी महिलाको ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिइयो

घाँस काटिरहेकी महिलाको ज्यान लिने पाटेबाघलाई नियन्त्रणमा लिइयो

काठमाडौं : कञ्चनपुरमा गएको बिहीबार एक महिलाको ज्यान लिएको पाटेबाघलाई नियन्त्रणमा लिइएको छ। 

दोधारा-चाँदनी नगरपालिका-२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा पुर्याइएको छ।

बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा छ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ। त्यहाँ अहिले तीनवटा बाघ बिरामी छन्।

नियन्त्रणमा लिइएको उक्त बाघले घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको थियो। 

बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए।

उक्त पाटेबाघ १२ वर्षको भाले हो। 

साउन १८, २०८१ शनिबार १६:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।