ललितपुरमा थप दुई जनामा हैजा पुष्टि, देशभर संक्रमितको संख्या २५ पुग्यो

ललितपुरमा थप दुई जनामा हैजा पुष्टि, देशभर संक्रमितको संख्या २५ पुग्यो

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर २५ जना हैजा संक्रमित भेटिएका छन्। पछिल्लो २४ घण्टामा ललितपुरमा दुई जनामा पुष्टि भएसँगै देशभर हैजा संक्रमितको संख्या २५ पुगेको हो।

साउन यता काठमाडौंमा १ जनामा कोरोना संक्रमण हुँदा ललितपुरमा १६ जनामा संक्रमण देखिइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कैलालीमा आठ जनामा संक्रमण पुष्टि भएको छ।

हैजा सङ्क्रमितहरूमा झाडापखालासहित पातलो चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, बान्ता हुने र कडा जलवियोजनका लक्षण देखिन्छ।

हैजाको जीवाणुबाट सङ्क्रमित भएकाहरूले समयमा नै उचित स्वास्थ्योपचार नपाएमा मृत्यु हुने जोखिम उच्च रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा सामान्य झाडापखाला जस्तो नभएकाले तुरुन्तै स्वास्थ्य संस्था नपुगे ५० प्रतिशतसम्म मृत्युदर हुने चेतावनी दिएको छ।

हैजा सङ्क्रमित ८० प्रतिशतमा कुनै लक्षण नहुने तर उनीहरूको दिसामा सङ्क्रमित भएको १० दिनसम्म हैजाको जीवाणु हुनसक्ने भन्दै उनले त्यस्ता सङ्क्रमितले अरूलाई सार्न सक्ने सम्भावना धेरै हुने भएकाले सचेत रहन मन्त्रालयले आग्रह गरेको छ।

डा. बुढाथोकीका अनुसार देशका अन्य स्थानबाट पनि हैजा सङ्क्रमित भेटिएको खबर आए पनि र्याप किटको परीक्षणमा मात्रै देखिएको र प्रयोगशालामा कल्चर गरेर हेर्दा ‘भित्रियो कोलेरा’ भेटिएको छैन।

साउन १९, २०८१ शनिबार १५:०४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।