काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं : काठमाडौंका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ।

विद्युत् प्राधिकरणले एक सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको महाबौध्द फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो।

प्राधिकरणका अनुसार महाबौद्ध सव स्टेशनभित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशनभित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेडसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

उक्त क्षेत्रमा भूमिगत केबल जडान कार्य गर्नुपर्ने भएकाले विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।

तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भए सो समयभन्दा अगावै लाइन सुचारु हुने बताइएको छ।

साउन १८, २०८१ शनिबार ०८:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।