नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई दुई लाख सहयोग

नेपाल एसबिआई बैंकद्वारा कालिका भगवती मन्दिरलाई दुई लाख सहयोग

काठमाडौं : नेपाल एसबिआई बैंकले बाग्लुङ नगरपालिका स्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरूको सहजताका लागी आर्थिक सहयोग गरेको छ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा दुई लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेश कूमार पंडा, प्रमुख सञ्चालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति थियो।

साथै, नेपाल एसबिआई बैंकले आफ्नो बागलुङ नगरपालिका-२, लालिगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिका-३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ।

त्यसैगरी, बैंकले आफ्नो पोखरा महानगरपालिका-८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका छन्।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ।

साउन १८, २०८१ शनिबार ०८:२४:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।