झापाको दुर्गापुरमा प्रभु बैङ्कको शाखा
काठमाडौँ : झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैङ्कको दुर्गापुर शाखा सञ्चालनमा आएको छ। दुर्गापुरमा झापाको पाँचौँ र देशभरको ३१४ औँ शाखाको सञ्चालनमा आएको हो। बैङ्कका सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले शाखाको बिहीबार उद्घाटन गरेका थिए।
कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई–७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई–८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटी हवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा लगायतले सफलताको शुभकामना दिएका थिए।
बैङ्कका कोशी प्रदेश प्रमुख अधिकृत बद्रीकुमार कटुवालले यस क्षेत्रको आर्थिक चलायमान बनाउन बैङ्क शाखा सञ्चालनमा आएको बताए। ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१४ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
साउन १७, २०८१ शुक्रबार १७:१६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।