लुम्बिनीका मन्त्रीको कार्य विभाजन : बादशाह कुर्मीलाई बन, सरोज उर्फ रोजलाई शहरी विकास

लुम्बिनीका मन्त्रीको कार्य विभाजन : बादशाह कुर्मीलाई बन, सरोज उर्फ रोजलाई शहरी विकास

बुटवल : लुम्बिनी  प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ। शुक्रवार लुम्बिनी  प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती मगरले पदभार ग्रहण गरेसँगै  मन्त्री परिषद्ले मन्त्रीहरूको कार्य विभाजन गरेको हो।

कांग्रेसबाट मन्त्री भएका बादशाह कुर्मी र सरोज थापा उर्फ रोज राणाको आपराधिक पृष्ठभूमिका कारण काङ्ग्रेसभित्रै विवाद बढ्दा कार्य विभाजन समेत रोकिएको थियो। कांग्रेसको प्रदेश समितिले समेत मन्त्रीमा सिफारिस भएकाहरूबारे असन्तुष्टि जनाए पनि केन्द्रले नाम संशोधन गरेन। उनीहरूले मन्त्रीको शपथ लिइसकेका थिए।

कार्य विभाजन अनुसार वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी बादशाह कुर्मीले पाएका छन्। भूमिश्वर ढकालले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय , दिनेश पन्थीले  कृषि, भूमि व्यवस्था तथा सहकारी, धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना,  सरोज  थापाले शहरी  विकास र प्रचण्ड विक्रम न्यौपाने उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन्।  खेम बहादुर सारू स्वास्थ्य र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

साउन १७, २०८१ शुक्रबार १६:२३:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।