सरकारी साक्षी बसेर उल्टो बकपत्र गरेपछि भ्रष्टाचारको मुद्दा लाग्यो

सरकारी साक्षी बसेर उल्टो बकपत्र गरेपछि भ्रष्टाचारको मुद्दा लाग्यो

काठमाडौँ : पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सब–इन्जिनियर उषा किरण रोकाया, इन्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दाका दुई साक्षीले अदालतमा बयान बदलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध समेत भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अदालत पुगेपछि मुद्दाका साक्षी पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलले बयान बदलेको भन्दै सर्वोच्चले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले २० वैशाख, २०८१ मा पोखरा महानगरपालिकाका दुई इन्जिनियर सहित ३ जनालाई घुस लेनदेन गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

अख्तियारले महानगरको नक्सा शाखामा कार्यरत सब–इन्जिनियर उषा किरण रोकाया, इन्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर विरुद्ध मुद्दा दायर गरेको थियो।

आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले रोकाया र कुँवरलाई सेवाग्राहीसँग घुस लिँदै गर्दा चैत २८ मा पक्राउ गरेको थियो भने अनुसन्धानमा इन्जिनियर बरालसमेत संलग्न देखिएपछि उनी वैशाख ४ मा पक्राउ परेका थिए।

सोही घटनामा संलग्न देखिएका अख्तियारले केशव प्रसाद तिवारी र उर्मिला पौडेल सरकारी साक्षी बस्न राजी भएपछि मुद्दा नचलाई सरकारी साक्षीको रूपमा अदालतमा पेस गरेको थियो। तर विशेष अदालतमा उपस्थित भएका उनीहरूले उल्टो बकपत्र गरेपछि भ्रष्टाचारको अभियोग पत्र दायर गरेको हो।

सरकारी साक्षीले उल्टो बकपत्र र प्रतिकूल बकपत्र गरेमा दिएको सजाय छुटको मागदावी उल्ट्याएर मुद्दा चलाउने कानुनी अभ्यास छ।

साउन १७, २०८१ शुक्रबार १५:४०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।