ललितपुरमा भोटो जात्रा हुँदा आइतबार काठमाडौँ काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

ललितपुरमा भोटो जात्रा हुँदा आइतबार काठमाडौँ काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ : रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आइतबार जुरेपछि सरकारले काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले उक्त दिन मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो।

आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रवार जारी गरेको सूचनामा उल्लेख छ।

साउन १७, २०८१ शुक्रबार १५:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।