मन्त्रिपरिषद् विस्तार, थपिए तीन राज्यमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
प्रधानमन्त्री ओलीको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना राज्यमन्त्री नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
राष्ट्रपति पौडेलले संघीय मामिला तथा सामान्य प्रशासन राज्यमन्त्रीमा अरुण चौधरी, वन राज्यमन्त्रीमा रूपा विक र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङलाई नियुक्त गरेका छन्।
चौधरी नागरिक उन्मुक्ति पार्टीका हुन् भने विक र तामाङ नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सांसद् हुन्।
यो सँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।
साउन १८, २०८१ शुक्रबार १३:३१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।