यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

यसरी हेर्नुहोस् कक्षा १२ को नतिजा

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णयअनुसार २०८१ वैशाख १४ गतेदेखि सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरिएको हो।

नियमित र ग्रेडवृद्धितर्फ ४ लाख ७८ हजार ३८९ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३१ हजार २३६ विद्यार्थी उत्तीर्ण भएका छन्। बाँकी विद्यार्थी अनुत्तीर्ण रहेको बोर्डले जनाएको छ।

नियमित तर्फ भने ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। नियमितर्फ ३ लाख ९० हजार ६८६ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८४७ जना उत्तीर्ण भएका छन्।

१०२ जनाको परीक्षा रद्द भएको छ भने चार विद्यार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरी आगामी एक वर्ष बोर्डबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ।

कसरी हेर्न सकिन्छ नतिजा ?
बोर्डका अनुसार नतिजा हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइट, एसएमएसमार्फत र नेपाल टेलिमको आईभीआर सेवमार्फत १६०१ मा कल गर्न सकिनेछ।

त्यसैगरी स्टार१६०१ ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिनेछ।

साउन १८, २०८१ शुक्रबार १२:५७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।