नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि क्यानले निकाल्यो सार्वजनिक सूचना, तोक्यो चार मापदण्ड
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज खरिदका लागि सार्वजनिक सूचना निकालेको छ।
अगस्ट १६ तारिखसम्मको समयसीमा दिएर शुक्रवार सार्वजनिक सूचना निकालेको हो। फ्रेन्चाइज खरिदका लागि चारवटा मापदण्ड तोकिएको छ।
जसअनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हुनुपर्ने, भ्याटमा दर्ता र करचुक्ता प्रमाणपत्र अद्यावधिक भएको हुनुपर्ने छ।
यस्तै, विदेशी कम्पनीको हकमा नेपाली कम्पनीसँग साझेदारी गरेको हुनुपर्ने र कम्पनी र कम्पनीमा रहेका व्यक्तिहरु विगतमा कुनै आपराधिक संलग्नता नभएको हुनुपर्ने तोकिएको छ।
दरखास्तका लागि १ लाख रुपैयाँ शुल्क तोकिएको छ, जुन फिर्ता हुने छैन।
साउन १७, २०८१ शुक्रबार १०:२४:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।