रुसमा भएको दमनको रिपोर्टिङ गर्दा जेल परेका अमेरिकी पत्रकार इभानको रिहाईको प्रतिक्षा सकियो

रुसमा भएको दमनको रिपोर्टिङ गर्दा जेल परेका अमेरिकी पत्रकार इभानको रिहाईको प्रतिक्षा सकियो

एजेन्सी : वालस्ट्रिट जर्नलका पत्रकार  इभान गेर्शकोभिच रुसको थुनामा परेको ४९१ औँ दिन। अमेरिकामा रहेका उनको आमालाई आएको तीन मिनेटको फोन कलमा  श्रीमान् मिखाइल र छोरी ड्यानियललाई लिएर आउन भनियो। फोन कलमा भनियो 'कसैलाई नभन्नु।'

पाँच हजार माइल टाढा, इभान रुसको हिरासतमा आफ्नो अन्तिम घण्टाहरूमा थिए। अमेरिका र रुसबीच २४ बन्दी रिहा गर्न भएको सहमति अनुसार उनी छुट्दै थिए। सहमति अनुसार रुसले १६ जना र अमेरिकासहितका देशले ८ जना बन्दी रिहा गर्दै थिए। त्यही सूचिमा परे उनी पनि।

३२ वर्षीय वाल स्ट्रिट जर्नलका रिपोर्टर रहेका उनले रुसमा भइरहेको दमनबारे रिपोर्टिङ गरिरहेका थिए। एजेन्टहरूले उनलाई एक स्टेकहाउसबाट पक्रेर हिरासतमा राखेको थियो।

बन्दी आदानप्रदान गर्न एक वर्षदेखि गोप्य रूपमा भएको वार्ता अन्ततः सफल हुँदा उनी कारागारबाट मुक्त भएर पुन आफ्नो कर्ममा फर्कने छन्।

पर्खाइमा सहकर्मी
इभान गेर्शकोभिचका एक सहकर्मीले बिबिसीसँग कुरा गर्दै भने 'हाम्रा मुटुहरू खुसीले भरिएका छन्।'

समाचारपत्रकी मुख्य डिजिटल सम्पादक ग्रैन म्याककार्थीले इभानको रिहाइको खबर सुनेपछि समाचार कक्ष उत्साहित भएको बताइन्।

'आज जर्नल र हाम्रो समाचार कक्षसहित विश्वभर यो सबैभन्दा अद्भुत रात हो,' उनले भनिन्'हामी पूर्ण रूपमा हर्षित छौँ, र इभान स्वतन्त्र भएको देख्दा हाम्रा मुटुहरू खुसीले भरिएका छन्।'

साउन १७, २०८१ शुक्रबार १०:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।