रुस र अमेरिकाबीच २६ कैदी आदानप्रदान

रुस र अमेरिकाबीच २६ कैदी आदानप्रदान
वाल स्ट्रीट जर्नल रिपोर्टर इभान गेर्शकोविच

एजेन्सी : रुस र अमेरिकाबीच २६ कैदीको आदानप्रदान भएको छ।

बिहीबार टर्कीको अंकारामा भएको आदानप्रदानमा रुसमा थुनिएका तीन अमेरिकी नागरिकलाई अमेरिकाको जिम्मा लगाएको छ।

रुसले अमेरिकालाई बुझाएका कैदीहरूमा वाल स्ट्रिट जर्नलका रिपोर्टर इभान गेर्शकोविच, युएस मरीन दिग्गज पल भेलान र अल्सु कुमारशेवा समावेश छन्।

कैदीबन्दी आदानप्रदानपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले स्वदेश फर्किएका अमेरिकी नागरिकसँग फोनमा कुराकानी गरेको भिडियो पोष्ट गरेका छन्।

इभान गेर्शकोविच रिहा भएसँगै उनका परिवारले इभानको रिहाईको लागि ४९१ दिन पर्खिएको बताए। परिवारले छिट्टै नै इभानलाई अंगाल्न र मुस्कुराएको अनुहार नजिकबाट हेर्न चाहेकको बताएका छन्।

इभानका सहकर्मी र साथीहरूले आफ्नो मन आनन्दले भरिएको बताएका छन्।

वाल स्ट्रिट जर्नलका डिजिटल प्रमुख सम्पादक ग्रेने म्याकार्थीले इभानको रिहाइको खबर पाएपछि न्यूजरूममा खुसीको वातावरण भएको बताइन्।

साउन १७, २०८१ शुक्रबार ०८:४९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।